नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रियिमयर लिग (सिपिएल)मा खेल्न वेस्टइन्डिज गएका छन् । दोस्रो पटक सिपिल खेल्न लागेका त्यसका लागि मंगलबार बेस्टइन्डिज गएका हुन् ।
अघिल्लो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका सन्दीप यसपटक बार्बादोस ट्रेइडेन्समा आबद्ध भएका छन् । बार्बादोसमा एलेक्स हल्स, इमद वासिम, आसिफ अली, जासन होल्डर, साई होप, वाहब रियाजलगयात खेलाडी छन् । क्यारेबियन प्रिमियर लिग भोलि बुधबार सुरुभई १२ अक्टोबरसम्म चल्ने छ ।
बार्बादोसले सेप्टेम्बर ९ मा गुनाया अमाजोन वारियर्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । यस्तै दोस्रो खेल १२ सेप्टेम्बरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ससाग खेल्ने छ भने तेस्रो खेल जमैका तलाइवाससँग १५ सेप्टेम्पबरमा खेल्ने छ ।

सन्दीप बार्बादोसमा अहिलेसम्मकै महँगो मूल्यमा आबद्ध भएका हुन् । उनलाई लन्डनमा भएको ड्राफ्टमा बार्बादोस ट्रेइडेन्ट्सले ७० हजार डलरमा किनेको थियो । सिपिएलको ड्राफ्टमा सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहितकुमार पौडेल पनि थिए, तर उनीहरु भने बिक्न सकेनन् ।
विश्वका चर्चित सबै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपको यो सबैभन्दा महँगो अनुबन्धन हो । यसअघि सन्दीप बिग ब्यास लिग, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिगमा ५० हजार डलरमा अनुबन्धन भएका थिए । यस्तै सन्दीप आईपिएलका दुवै सिजन २० लाख भारुमा दिल्ली क्यापिटल्स र डेयररडेभिल्समा अनुबन्धन भएका थिए ।
बार्बादोसले सन्दीपलाई पाचौं राउन्डमा किनेसँगै उनले लागतार दोस्रो सिजन पिसपिएल खेल्ने पक्का भएको हो । अघिल्लो सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सबाट खेलेका थिए । प्याट्रिओट्सले उनलाई ५ हजार डलरमा किनेको थियो । अघिल्लो सिजन सिपिएलमा सन्दीपले ५ खेलमा ६.२३ को इकोनोमीमा ७ विकेट लिएका थिए ।