विश्वकप विजेता भरतीय पूर्व क्रिकेटर सुनिल गावस्करले नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेलाई आईपिएलको सुरुवातदेखि नै खेलाडी दिल्ली क्याटिल्सलाई सुझाव दिएका छन् ।
सन् १९८३ को विश्वकप विजेता भारतीय टिमका ओपनर गावस्करले एक अन्तर्वार्ताका क्रममा विश्वभरकै फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेका युवा लेगस्पिनर सन्दीपलाई सुरुवातदेखि नै खेलाउनु फाइदा हुने भन्दै उनले सन्दीपलाई सुरुवातदेखि नै टिममा राख्न सुझाव दिएका हुन् ।
दिल्लीसँग रविचन्द्रन आश्विन, अमित मिश्राजस्ता स्तरीय र अनुभवी स्पिनर भएपनि सन्दीपलाई टिम राख्दा उपयोगी हुने गावस्करले बताएका छन् । ‘उमेरका हिसाबमा सन्दीप युवा नै छन्, तर उनीसँग विभिन्न खाले पिचमा टि–२० क्रिकेट खेलेको अनुभव छ,’ गावस्करले भनेका छन्, ‘अझ उनीसँग युएईको पिचका बारेमा राम्रो ज्ञान छ । उनी युएईको पिचमा थुप्रै खेल खेलिसकेका छन्, त्यसैले उनलाई खेलाउनु उपयुक्त हुन्छ ।’
गावस्करले दिल्लीले तीन स्पिनरका रुपमा रविचन्द्र आविश्वन, अक्षर पटेल र सन्दीपलाई खेलाउन सुझाव दिएका छन् । गावस्करले युएईको पिचमा मिश्राभन्दा सन्दपी उपयुक्त खेलाडी भएको पनि बताएका छन् । उनले युएईमा मिश्राभन्दा सन्दीप नै अनुभवी भएको पनि बताए ।
सन्दीपले निरन्तार फ्रेन्चाइज प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेकाले उनलाई खेलाउँदा दिल्लीलाई राम्रो हुने बताएका छन् । सन्दीपल भर्खरै सम्पन्न सिपिएलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै १२ विकेट लिएका थिए ।
सन्दीप लागातार तेस्रो सिजन दिल्ली आईएिल खेल्दै छन् । अघिल्ला दुई सिजन कमैमात्र अवसर पाउँदा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । डेब्यू सिजन सन्दीले ३ खेलमा ५ विकेट लिएका थिए भने अघिल्लो सिजन ६ खेलमा ८ विकेट लिएका थिए ।
सन्दीप लामिछाने सिपिएल खेलेर उतैबाट आईपिएल खेल्ने युएईका गएका हुन् । दिल्लीले आइतबार किंग्स इलाभेन पञ्जावसँग खेल्दै आईपिएलको सुरुवात गर्ने छ । सेप्टेम्बर २५मा दिल्लीले चेन्नई सुपर किंग्ससँग खेल्ने छ भने २९ सेप्टेम्बरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ। यस्तै, अक्टोबर ३मा कोलकाता नाइट राइडर्स, ५ अक्टोरमा रोयल च्यालेन्जर्स बैंग्लोर, ९ अक्टोबरमा राजस्थान रोयल्स र ११ अक्टोबरमा मुम्बई इन्डियन्ससँग खेल्ने तालिका छ ।