नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्तीमा परेका छन् । पछिल्लोसँग क्यानको निर्णयमा प्रश्न उठाउँदै आएका ज्ञानेन्द्रले बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तानबाट हटाउने निर्णय गरेको हो।
क्यानको खेलाडी वर्गिकरणमा ज्ञानेन्द्रसहित चार क्रिकेटरले सर्वाजनिक रुपमा असन्तुष्टी जनाएका थिए । उनीहरुको असन्तुष्टीपछि क्यानले उनीहरुसँग लिखित जवाफ माग्दै छानविन समिति पनि गठन गरेको थियो ।
ज्ञानेन्द्रसहित, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडिया मार्फत क्यानको खेलाडी वर्गिकरणमा प्रश्न उठाएका थिए । सोपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दलगायतले सार्वजनिक रुपमै खेलाडीमाथि कराबाही गर्ने अभिव्यक्ति दिँदै आएका थिए । उनीहरुले खेलाडीले अनुशासन तोडेको आरोप पनि लगाएका थिए।
बोर्ड बैडकले ज्ञानेन्द्रलाई कप्तानबाट बर्खास्त गर्दै सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी पनि दिएको छ।