सन्दीपले कोहली र भिलियर्सविरुद्ध बलिङ गर्दै

पछिल्लो सयम अन्तर्राष्ट्रिय क्रिकेटमा युवा स्टारका ?पमा उदाएका नेपाली लेगस्पिर सन्दीप लामिछानेले विश्व क्रिकेटका दुई दिग्गज ब्याट्सम्यान विराट कोहली र एबी डी भिलियर्सवि?द्ध बलिङ गर्ने मौका पाएका छन् ।

१२ संस्करणको आईपिएलअन्तर्गत रोयल च्यालेन्जर्सविरुद्धको खेलका लागि दिल्ली क्यापिटल्सको प्लेइङ सेटमा परेपछि सन्दीपले कोहली र भिलियर्सवि?द्ध बलिङ गर्ने पक्का भएको हो ।

सन्दीपले भिलियर्सवि?द्ध अघिलाले सिजनको आइपिएल, बंगलादेश प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग र टि–१० लिगमा बलिङ गरिसकेका छन् ।

वर्तमान क्रिकेटका नम्बर १ ब्याट्सम्यान कोहलीविरद्ध भने सन्दीपले अघिल्लो सिजनको आइपिएलको १ खेलमा मात्र बलिङका अवसर पाएका छन् । सो खेलमा सन्दीपले कोहलीवि?द्ध ८ बल फ्याँकेका थिए । जसमा विराटले १ चौकासहित ९ रन लिएका थिए । सन्दीपको २ बलमा विराटले कुनै रन लिन सकेका थिएनन् ।

एम चिन्नास्वामी रंगशालामा जारी खेलमा दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि बैंग्लोर अहिले ब्याटिङ गरिरहेको छ ।

प्लेइङ ११

बैंग्लोर :पार्थिव पटेल, विराट कोहली, एबी डे भिलियर्स, मार्कस स्टोइनिस, मोइन अली, अक्षदीप नाथ, पवन नेगी, टिम साउदी, नवदीप सैनी, युजभेन्द्र चहल, महोम्मद सिराज ।

दिल्ली क्यापिटल्स : पृथ्वी श, शिखर धवन, श्रेयस ऐयर (कप्तान), ऋषव पन्त, कोलिन इन्ग्राम, राहुल टेवाटिया, क्रिस मोरिस, अक्षर पटेल, कागिसो रबाडा, इशान्त शर्मा, सन्दीप लामिछाने ।