नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको टिम जमैका तलावास क्यारेबियन प्रिमियर लिगमा तेस्रो जित हात पारेको छ । शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो।
जमैकाको जितमा ग्लेन फिलिप्सले ब्यटिङ र कार्लोल ब्रेथवेटले बलिङमा उत्कृष्ट प्रदर्शन गर । फिलिप्सल७९ रनको अर्धशतकीय इनिङ खेल्दा ब्रेथवेटले ३.४ओभरमा ११ रन खर्चेर ३ विकेट लिए। नेपलाी युवा लेगस्पिनर सन्दीप लामिछानेले पनि उत्कृष्ट बलिङ गरे । उनले २ विकेट हात पारे।
१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो । उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए । सेन्ट किट्सलाई सस्तैमा समेट्ने क्रममा जमैकका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । ब्रेथवेटले ३ विकेट लिए भने सन्दीप, फिडेल इडवार्डस र विरासामी प्रेमउलले समान २ विकेट लिए।
सन्दीपले २ ओभरमा २७ रन खर्चिए । उनले इभान लेविस र इस शोधीको विकेट लिएका थिए । योसँगै सन्दीपले ६ खेलमा कुल ९ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिनेको सूचीमा छैठौं स्थानमा छन् । यो सूचीमा १३ विकेट लिएका जलावासकै मुजिब उर रहमान छन्।

क्विन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै जर्मेन ब्ल्याकउडले २७ र एनक्रुम बुन्नरले २१ रन बनाए ।सेन्ट किट्सका कप्तान रायद एमरिटले ३ विकेट लिए।
सेन्ट किट्सविरुद्धको जितसँगै जमैका ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको ट्रिनबागो नाइट राइडर्स १२ अंकका साथ शीर्ष स्थानमा छ भने ८ अंक जोडेको सेन्ट लुसिया जुक्स दोस्रो स्थानमा छ।
यसअघि पहिलो खेलमा जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जुक्सलाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछिका दुई खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेट र गुयनासँग १४ रनले पराजित भएको थियो । चौथो खेलमा जमैकाले गुयानालाई ५ विकेटले पराजित गरेको थियो भने पाचौं खेलमा बार्बादोस ट्राइडेन्ससँग ३६ रनले पराजित भएको थियो ।