दुबईमा जारी पाकिस्तान सुपर लिगको छैठौंमा खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि उनको टिम लाहोर कलन्दर्सले जितका लािग १०७ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको क्वेटा ग्लाडियटर्सले सन्दीपले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि १९.१ ओभरमा अलआउट हुँदै १०६ रनमात्र बनाउन सक्यो ।
क्वेटका लागि हसन अलीले सर्वाधिक ३३ रन बनाए । उनले २५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अलीले यासिर शाहको पहिलो ओभरमा एक्लैले २० रन बनाएका थिए । यस्तै कप्तान सर्फराज अहमेद २९ रन बनाए भने महोम्मद नवाजले १२ तथा सेन वाट्सन र सोहेल तनवीरले ७–७ रनको योगदान दिए ।

क्वेटालाई सस्तैमा रोक्ने क्रममा सन्दीपले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १० रन मात्र खर्चेर ४ विकेट लिए । सन्दीपले पहिलो ओभरमा सेन वाट्सनलाई एलबिडब्लु आउट गरेका थिए भने दोस्रो ओभरमा रिली रोस्सवलाई क्याच आउट र उमर अकमललाई क्लिन बोल्ड गरे । यस्तै उनले तेस्रो ओभरमा ड्यानिस अजिजलाई पनि क्याच आउट गराएका थिए ।
लाहोरका लागि सन्दीप बाहेक ह्यारिस रउफले २ तथा यासिर शाह र साहिन अफ्रिदीले १–१ विकेट लिए ।