°
, June 1, 2023 in
0

आईपिएलको प्लेअफ समीकरण पुरा, मुम्बईलाई हराउँदै हैदरावाद प्लअ‍ेफमा

SHARE:

युएईमा जारी १३औं संस्करणको आईपिएलको प्लेअफ समीकरण पुरा भएको छ । मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई पराउँदै सनराइजर्स हैदरावाद प्लेअफमा पुगेसँगै आईपिएलको प्ले अफ समीकरण पुरा भएको हो ।

हैदरावादसँग पराजित भएपनि मुम्बई १८ अंकका साथ शीर्ष स्थानमा रहँदै प्लेअफको क्वालिफायरमा पुगेको छ । यस्तै, १६ अंक जोडेको दिल्ली क्यापिटल्स पनि दोस्रो स्थानमा रहँदै क्वालिफारमा पुगेको छ । यस्तै, अन्तिम खेलमा मुम्बईले हराएको हैदरावाद १४अंकसहित तेस्रो हुँदै प्ले अफको एलिमिनेटरमा पुगेको छ भने एलिमिनेटरमा पुग्ने अर्को टिम रोयल च्यालेन्जर्स बैंग्लोर हो।

हैदारावादले मुम्बईलाई हराएसँगै कोलकाता नाइट राइडर्स भने प्ले अफमा पुग्न असफल भयो । समान १४ अंक भएपनि कोलकाता रनरेटमा पछि पर्दै प्लेअफमा पुग्न असफल भएको हो ।

फाइलन प्रवेशका लागि मुम्बई र दिल्ली भिड्ने छन् भने हार्ने टिममले एलिमिनेटरको विजेता (हैदरावाद र बैंग्लोर)सँग पुनः फाइलन प्रवेशका लागि खेल्ने छ । क्वालिफायर–१ बिहीबार दुबईमा हुने छ भने एलिमिनेटर शुक्रबार अबुधाबीमा हुने छ । यस्तै दोस्रो क्वालिफायर आइतबार अबुधाबीमा हुनेछ । यस्तै, फाइलन १० नोभेम्बर मंगलमार दुबईमा हुने छ ।

मुम्बईलाई हराउँदै हैदरावाद प्लअ‍ेफमा

सारजाहमा मंगलबार भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १५० रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान साहाले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । वार्नरले ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३६ रन बनाउँदा इशान किसनले ३३ रन बनाए भने क्विन्टन डी कक २५ रन बनाए । हैदराबादका सन्दीप शर्माले ३ विकेट तथा जासन होल्डर र साहबाज नादिमले २÷२ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *