°
, June 1, 2023 in

सन्दीप बने एकदिवसीयमा दोस्रो छिटो ५० विकेट लिने खेलाडी

SHARE:

नेपाली कप्तान सन्दीप लामिछाने एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो ५० विकेट लिने दोस्रो खेलाडी बनेका छन्।

शनिबार पपुवा न्युगिनीविरुद्ध विकेट लिएसँगै सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गरेका हुन् । यस क्रममा उनले २२ खेलका यो उपलब्धी हासिल गरेका हुन्।

एकदिवसीय सर्वाधिक छिटो ५० विकेट लिने खेलाडी श्रीलंकाका अजन्था मेन्डिस हुन्। मेन्डिसले १९ खेलमा ५० विकेट पुरा गरेका थिए ।

यसैगरी सन्दीप एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २२ खेलमा यो सफलता हात पारेका हुन् ।

सन्दीपले सन २०१८ बाट एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेल्दै आएका छन् ।

SHARE: