अदालतले गर्‍याे सन्दीपकाे पक्षमा फैसला, धरौटीमा छुट्ने

Read Time:2 Minute

नाबालिगलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने धरौटीमा छुट्ने भएका छन्। उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा छाड्न २० लाख आदेश दिएको हो।

जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। 

सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमामै छाड्न जिल्ला अदालतले आदेश दिएको हो।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

सन्दीपमाथि नाबालिगलाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्। 

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post संकटाले भित्र्यायो स्टार स्ट्राइकर मनिष डाँगी
Next post यस्ता शर्तमा धरौटीमा रिहा भए सन्दीप– विदेश जान नपाउने, मुद्दाको विषयमा बोल्न नपाउने
Close