भारतीय डिफेन्डर सन्देश क्रोएसियन क्लबमा

भारतीय फुटबल टिममा डिफेन्डर सन्देश झिंगान क्रोएसियन क्लबमा अनुबन्धित भएका छन्। २८ वर्षीय सन्देशलाई क्रोएसियाको शीर्ष डिभिजन लिग क्लब एचएनके सेबिनिकले अनुबन्धन गरेको हो।

सेन्टर डिफेन्डर सन्देशलाई एचएनके सेबिनिकले भारतीय सुपर लिग क्लब एटिके मोहन बगानबाट अनुबन्धन गरेको हो। गतसिजन मात्र सन्देशले मोहन बगानसँग ५ वर्षको सम्झौता गरेका थिए।

सन्देशको अनुबन्धन रकम भने खुलाइएको छैन । उनी क्रोएसियाको शीर्ष लिग खेल्ने पहिलो भारतीय खेलाडी समेत बने।

२०२०–२१ को फुटबलर अफ दी इयर अवार्ड विजेता सन्देशले भारतका लागि ४२ खेल खेलेका छन् ।