दीपक, संगीना र उमेन्द्रमानले दिए राजिनामा

तेक्वान्दोका प्रशिक्षकद्वय दीपक विष्ट र संगीना वैद्य तथा फुटबलका सहायक प्रशिक्षक उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन् ।

हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनै पनि संघमा बस्न नपाउने प्रावधान भएकाले दीपक, संगीना र उमेन्द्रमानले राजिनामा दिएका हुन् ।

दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ताबाट राजिनामा दिएका छन् भने संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएकी हुन् । दुवैजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजीनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् । दीपक र संगीनाले प्रशिक्षककै रुपमा करियर अघि बढाउन खोजेका छन् भने उपेन्द्रमानले एन्फालाई निरन्तरता दिन चाहेका छन् ।

उपेन्द्रमान अहिले एन्फाको उपाध्यक्ष छन् । उपेन्द्रले एन्फमा महत्वकाक्षी परियोजना ग्रासरुट फुटबल र युवा खेलाडी विकासको परियोजना सञ्चालन गरिरहेका छन्, त्यसैले उनले साहक प्रशिक्षक छाड्दै एन्फमा बस्न चाहेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *