नेपाली बक्सर सनिल विश्व बक्सिङ च्याम्पियनसिप अन्तिम ३२ मा

नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा रहेका सनिल इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका हुन् ।

सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी सनिलले अब राउण्ड अफ ३२ मा सर्बियाका अब्बासोभ भाखिदसँग खेल्ने छन् । विश्व च्याम्पियनसिपमा नेपालबाट सनिलसहित ४ खेलाडीको सहभागिता रहेको छ ।

नेपालबाट ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई र ६३।५ केजीमा भुपेन्द्र थापा मगरले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box