
सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु गरिन आत्महत्या
Read Time:1 Minute
१३औं सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु चौधरीले आत्महत्या गरेकी छन्। ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जुले आत्महत्या गरेकी हुन्।
काठमाडौंमा आफन्तसँग बस्दै आएकी सन्जु प्रशिक्षक महर्जनको घरमा भोजमा गएकी थिइन्, उनी त्यहिँ बसेकी सन्जु मंगलबार बिहान झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।
नेपालगन्ज घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । उनी एसियन गेम्सको तयारीमा थिइन्।