°
, June 7, 2023 in

तीन खेलाडीले राताे कार्ड पाएकाे खेलमा एपिएफमाथि संकटाको जित

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब विजयी भएको छ। आइतबार च्यासल मैदानमा भएको खेलमा संकटाले विभागीय टिम नेपाल एपिएफलाई १–०ले हरायो।

संकटाको जितमा जुनियर ओन्गुइने एनकेन्गुएले निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक बनेको खेलमा उनले २९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे।

एडमा डोम्बियाले आयुष घलानलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा एनकेन्गुएले सहजै गोल गरे। दुवै टिमका गोलकिपरको जर्सी एक रंगको परेपछि खेल झण्डै आधा घण्टा ढिला सुरु भएको थियो।

खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए । संकटाका मनिष डाँगी र एपीएफका दिपेश धिमालले ६९औं मिनेटमा लगतार दोहोरो पहेँलो (रातो) कार्ड पाएका थिए ।

यस्तै संकटाका आन्द्रे थियरी बिकिबकले ७६औं मिनेटमा रातो कार्ड पाएका थिए ।

जारी लिगमा चौंथो निकालेको संकटाको १५ अंक भएको छ भने एपिएफको ११ अंक छ।

SHARE: