सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लब विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा संकटाले न्युरोड टिम (एनआरटी)माथि २–१को जित निकाल्यो।
संकटाका लागि जुनियर एनकेनजुभ र मनिष डाँगीले गोल गरे भने एनआरटीका निकोलास सङ गोल गरे।
२२औं मिनेटमा एनकेनजुभको गोलमा संकटाले अग्रता लियो । ३७औं मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर बनाए।
पहिलो हाफ २–०मै सकिएको खेलमा एनआरटीका लागि निकोलास सङले ६२ औं मिनेट गोल गर्दै एनआरटीलाई खेलमा फर्काउने प्रयास गरे । तर, त्यसपछि गोल नहुँदा संकटा विजयी भयो।
लिगमा तेस्रो जित हात पारेसँगै संकटा १२ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। एनआरटी भने ६ अंकसहित सातौं स्थानमा छ।