°
, June 4, 2023 in

लिगका लागि आक्रमक बन्दै संकटा क्लब, भित्र्यायो सुनिल बल र आयुष घलानसहितका राष्ट्रिय खेलाडी

SHARE:

आसन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि क्लबहरु खेलाडी अनुबन्धन गर्ने क्रममालाई तिव्रता दिएका छन् । यो पटक ठूला क्लबहरुमा रहेका स्टार खेलाडीहरुले साना र नवप्रवेशी क्लब रोजिरहेका छन्।

सोही क्रममा लिगको मध्यभाग तिर रहने संकटा क्लबले खेलाडी अनुबन्धनलाई तिव्रता दिएको छ। बुधबार मात्रै संकटाले राष्ट्रिय टिमका महत्वपूर्ण सदस्यसहित ६ खेलाडी अनुबन्धन गरेको छ।

संकटाले लिगमा बलियो दाबेदारी पेश गर्ने लक्ष्यसहित राष्ट्रिय टिमका स्ट्राइकरद्वय सुनिल बल र आयुया घलानलाई अनुबन्धन गरेको छ। अघिल्लो सिजन सुनिलले च्याम्पियन टिम मच्छिन्द्रबाट खेलेका थिए भने आयुषले थ्रीस्टारबाट खेलेका थिए। मछिन्द्रलाई च्याम्पियन बनाउने सुनिललको भूमिका महत्वपूर्ण थियो।

यस्तै, संकटाले राष्ट्रिय टिमै मिडफिल्डर सुरजज्यू ठकुरी, निशान खड्का र डिफेन्डर गौतम श्रेष्ठलाई अनुबन्धन गरेको छ। सुरज यसअघि जावनलाखेल युथ क्लबबाट खेलेका थिए भने निशानले ए डिभिजन लिग थ्री स्टारबाट खेलेका थिए। गौतम त्रिभुवन आर्मी क्लबबाट खेल्थे।

संकटाले जावलाखेल युथ क्लबकै गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको छ। नयाँ अनुबन्धन भएका खेलाडीसहितको संकटाले बिहीबारबाट सुरु हुने आहा–रारा पोखरा गोल्डकप खेल्नेछ।

SHARE: