संखमुल राष्ट्रिय फुटसल लिगको फाइनलमा, उपाधिका लागि स्पोर्ट्स क्यासलसँग भिड्ने

काठमाडौंको संखमुल फुटसल क्लब पोखरामा जारी पहिलो संस्करणको ए डिभिजन राष्ट्रिय फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा धरानको द राइजिङ क्लबलाई ४–३ले हराउँदै राष्ट्रिय खेलाडीले भरिएको संखमुल फाइनलमा पुगेको हो।

अब संखमुलले उपाधिका घरेलु टोली स्पोर्ट्स क्यासलको सामना गर्ने छ। संखमुलले एलिमिनेटरमा सविन मेमोरियल एफसीलाई हराएको थियो भने द राइजिङ क्लब क्वालिफायरमा स्पोर्ट्स क्यासलसँग पराजित भएको थियो।

संखुमुलको जितमा राष्ट्रिय फुटसल टिमका खेलाडी मणि लामाले उत्कृष्ट प्रदर्शन गरे। उनले टिमका लागि चारै गोल गरेका थिए। यता, राइजिङका लागि विसन श्रेष्ठले २ तथा हेमन्त थापामगरले १ गोल गरेका थिए ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा मणिले गोल गर्दै टिमलाई जित दिलाए ।

Facebook Comments Box