सागकी स्वर्ण विजेता सन्तोषीलाई कखरा स्कुलको सम्मान

Read Time:1 Minute

धाविका सन्तोषी श्रेष्ठ सम्मानित भएकी छिन्। १३औं सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी सन्तोषीलाई शनिबार खकरा स्कुलले नगदसहित सम्मान गरेको हो।

स्कुलले आफ्नो वार्षिक खेलकुद दिवसको अवसरमा अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल सन्तोषीलाई सम्मान गरेको हो। धादिङकी सन्तोषीले १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्।

स्कुल पढ्दै गरेका विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गराउनुका साथै प्रोत्साहन होस् भन्ने हेतुले हरेक खेलाडीलाई सम्मान गर्ने परम्परा बसालेको कखराकी प्रिन्सिपल निशा घिमिरेले बताइन् । उनले खेलकुदको माध्यमबाट सन्तोषीले आर्जन गरेको नाम, इमान र प्रसिद्धिले कलिला बालबालिकालाई खेलकुदको महत्व बुझ्न र खेलकुद प्रतिभा विकसित गर्नमा ठूलो हौसला पुग्ने विश्वास व्यक्त गरिन् ।

कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र प्रिन्सिपल घिमिरेले सन्तोषीलाई नगद, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरेका थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post संकटा बन्यो आहा–रारा पोखरा गोल्डकपको च्याम्पियन, भुटनिज क्लब ३–२ले पराजित
Next post ला लिगामा रियलको दोस्रो हार, गुमायो शीर्ष स्थानमा उक्लने अवसर
Close