म्याराथनको डेब्युमै सन्तोषीले जितिन् राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक

26 Jan, 2024

नेपाली धाविका सन्तोषी श्रेष्ठले शुक्रबार बंगबन्धु सेख मुजिव ढाका इन्टरनेसनल म्याराथनमा दक्षिण एसियाको महिलातर्फ स्वर्ण जितेकी छिन्। उनको यो म्याराथनमा डेब्यु दौड हो र उनले दुई घण्टा ४६।२२ मिनेटमा दौड पूरा गरिन् ।

यो नेपालको नयाँ राष्ट्रिय कीर्तिमान पनि हो। त्यही विधामा पुष्पा भण्डारी दोस्रो रहिन् । उनले दुई घण्टा ४९।३३ मिनेटमा दौड पूरा गरिन् । यसअघि महिला म्याराथनको कीर्तिमान उनकै नाममा थियो।

पुष्पाले यसअघि यसै म्याराथनको विधामा स्वर्ण जितिसकेकी छिन् । प्रशिक्षक रघुराज वन्तका अनुसार सन्तोषी अब म्याराथनमै केन्द्रित हुनेछिन् ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]