सराबिया वुल्भ्समा, २१ नम्बरको जर्सी लगाउने

Read Time:1 Minute

फ्रेन्च क्लब पिएसजीका स्पेनिस स्ट्राइकर पाब्लो सराबिया इंग्लिस क्लब वुल्भ्समा आबद्ध भएका छन्। ३० वर्षीय विंगर सराबियालाई वुल्भ्सले ४.४ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो।

पिएसजीमा पर्याप्त अवसर नपाएपछि वुल्भ्स आउन राजी भएका सरावियाले साढे २ वर्षको सम्झौता गरेका छन्। प्रियिमर लिगमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको वुल्भ्सले सराबियालाई २१ नम्बरको जर्सी दिएको छ।

पिएसजीमा ४ सिजन बिताउँदा सराबियाले ९८ खेल खेल्दै २२ गोल गरेका छन्। अघिल्लो सिजन उनले लोनमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमा बिताएका थिए । त्यहाँ उनले ४५ खेलमा २१ गोल गरेका थिए।

स्पेनिस राष्ट्रिय टिमबाट २६ खेल खेल्दै ९ गोल गरेका सराबियाले पिएसजी आउनुअघि सेभिया र गेटाफेबाट खेलेका थिए। रियल मड्रिडको एकेडेमीका उत्पादन उनले रियलको सिनियर १ खेल मात्र खेल्ने मौका पाएका थिए।

स्पेनका सराबिया र ब्राजिलका गोमेज भित्र्याउँदै वुल्भ्स

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इलियटको गोलमा लिभरपुल एफए कपको चौथो चरणमा
Next post पिएम कम महिला क्रिकेट सेमिफाइनल समीकरण पुरा, प्रदेश १ र एपिएफ तथा सुदुरपश्चिम र मधेश भीड्ने
Close