°
, June 7, 2023 in

सरु र रेनुकाले भारतमा लिग खेल्ने

SHARE:

नेपाली राष्ट्रिय महिला फुटबल टिमका सदस्यद्वय सरु लिम्बू र रेनुका नगरकोटीले भारतीय लिग खेल्ने भएका छन्।

भारतीय शीर्ष डिभिजनको लिगका लागि सरु र रेनुकाले किक स्टार्ट क्लबसँग सम्झौतान गरेका छन्। दुवैले बुधबार किक स्टार्टसँग सम्झौता गरेका हुन्।

यसअघि सन् २०२०मा कोभिडले लिग रोकिँदा सुरु, रेनुकासहित केही नेपाली खेलाडीले भारतीय लिग खेल्ने अवसर गुमाएका थिए।

यो पटक सरु र रेनुकासँगै ४ नेपाली खेलाडीले भारतीय लिग खेल्ने छन्। यसअघि नै युवा स्ट्राइकर दीप शाहीले लर्ड्स एफसी र सावित्रा भण्डारीले गोकुलम केरालाबाट खेल्ने पक्का भएको छ।

सरु र रेनुका दुवै नेपाली राष्ट्रिय टिमका मिडफिल्डमा जमेका खेलाडी हुन्। दुवै अर्को साता भारत प्रस्थान गर्ने छन्।

अप्रिल २५ बाट सुरु हुने लिगमा १६ टिम सहभागी छन् ।

SHARE: