ललितपुर डर्बीमा सातदोबाटोको सान, थ्री स्टार पराजित

यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब सनसनीपूर्ण प्रदर्शन गरेको छ । पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोकेको सातदोबाटोले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा उपाधि दाबेदार थ्री स्टार क्लबलाई १–०ले स्तब्ध बनायो ।

लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोलाई जित दिलाउन सुदीप गुरुङले निर्णायक गोल गरे । उनले ३० औं मिनेटमा अजयी मार्टिनको पासमा गोल गरेका थिए ।

खेलमा सातदोबाटोले अधिकांश समय थ्री स्टारलाई दबाबमा राखेको थियो। दुवै केही उत्कृष्ट प्रहार गोलकिपरले क्लियर गरेका थिए।

जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । थ्रीस्टारको २ खेलबाट ३ अंक छ । उसले पहिलो खेल च्यासल युथ क्लबलाई हराएको थियो।