सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ। आइतबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा २ पटकको अग्रता जोगाउन नसक्दा सातदोबाटो हिमालयन शेर्पा क्लबसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
खेलमा सातदोबाटोका लागि दीपकराजसिंह ठकुरीले २ गोल गरे भने हिमालयन शेर्पाका निशान लिम्बु र सुशील राई गोल गरे।
खेलमा पहिलो मिनेटमै सातदोबाटोले अग्रता लियो । उसका लागि दीपकले गोल गरेका थिए। पहिलो हाफ १–०मै सकियो।
७२औं मिनेटमा हिमालयन शेर्पाले बराबरी गोल फर्कायो । उसका निशान लिम्बुले गोल गरेका थिए। ८०औं मिनेटमा दीपकले नै गोल गर्दै सातदोबाटोलाई खेलमा पुनः अग्रता दिलाए।
तर, तीन मिनेटपछि नै हिमालयन शेर्पा खेललाई बरारबीमा ल्यो। ८३ औं मिनेटमा सुशील राईले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।
यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ । हिमालयनले ११ खेलमा १० अंक जोडेको छ।