°
, June 1, 2023 in

मुम्बई इन्डियन्सले जित्यो वुमन्स प्रियिमर लिग उपाधि

SHARE:

पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल)को उपाधि मुम्बई इन्डियन्सले जितेको छ।

आइतबार मुम्बईस्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराउँदै मुम्बई च्याम्पियन बन्यो ।

दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बई तीन बल अगावै ३ विकेट गुमाउँदै भेट्टायो । उसका लागि नाट सिभर ब्रन्टले अविजित ६० रन बनाइन्। ब्रन्टले ५५ बल खेल्दै ७ चौका प्रहार गरिन् ।

यस्तै, कप्तान हरमनप्रित कौरले ३९ बलमा ५ चौका प्रहार गर्दै ३७ रन बनाइन्। दिल्लीकी राधा यादवले र जेस जोनसनले समान १ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । दिल्लीकी कप्तान मेग ल्यानिङले २९ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाइन् ।

११औं नम्बरमा ब्याटिङ गरेकी राधा यादव र शिखा पाण्डेले अविजित २७–२७ रन बनाए । राधाले १२ बल खेल्दै २ चौका र २ छक्का तथा शिखाले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।

मुम्बईका लागि हेली म्याथ्युजले ४ ओभरमा २ मेडन राख्दै ५ रन मात्र खर्चेर ३ विकेट लिइन् । यस्तै इस्सी वोङले पनि ३ तथा अमेलिया केरले २ विकेट लिइन् ।

SHARE: