नामिबियाविरुद्ध स्कटल्यान्डको जित, नामिबिया जितबिहीन

Read Time:2 Minute

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डले दोश्रो जित हात पारेको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा स्कटल्यान्डले नामिबियामाथि ४३ रनको जित निकाल्यो।

जारी सिरिजमा स्कटल्यान्डको यो दोस्रो जित हो। यसअघि उसले नामिबियालाई नै हराएको नेपालसँग पराजित भएको थियो। अब उसले भोलि नेपालसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ। यता, नामिबिया भने सिरिजमा एउटै खेल जित्न असफल भयो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै स्कटल्यान्डले दिएको २२२ रको लक्ष्य पछ्याएको नामिबिया ३८.४ ओभरमा १७८ रनमै अलआउट भयो।

उसका लागि लोहान्ड्रे लोरेन्सले अर्धशतकीय पारी खेले। उनले ६७ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। यस्तै, ग्रहार्ड एरास्मसले ३८ बलमा ४ चौका र २ छक्का सहित ४३ रन बनाए भने जेन ग्रिन २५ रनमा आउट भए।

स्कटल्यान्डका लागि मार्क वाटले ८.४ ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए भने माइकल लिस्क ३ तथा ब्रान्डन म्याक्मुलेनले २ विकेट लिए।

त्यसअघि यसअघि पहिला ब्याटिङ गरेको स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले सर्वाधिक ४७ रन बनाए । उनले ७५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै, तोमस म्याकिन्टोसले ३४, कप्तान रिची बेरिङटन ३२ रन बनाउँदा माइकल लिस्कले २९ रन बनाए ।

नामिबियाका लागि रुविन ट्रम्पलम्यानले ५ विकेट लिए भने ताङ्गेनी लुङ्गामेनीले २ विकेट लिए।

स्कटल्यान्ड भने तीन खेल अगावै लिग टु को विजेता बनेको थियो। उसले ३५ खेलमा ५० अंक जोडेको छ भने नामिबिया ३४ खेलमा ३७ अंकसहित तेस्रो स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसी, नेमार र एम्बाप्पेको गोलमा पिएसजीको जित, घाइते भए नेमार
Next post भद्रपुर–झापा गोल्डकपमा चर्च ब्वाइजले पुलिसलाई हरायो
Close