प्रिमियर लिगको तालिका सार्वजनिक, लिभरपुलले पहिलो खेल लिड्ससँग खेल्ने

इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको तालिक सर्वाजनिक भएको छ । प्रिमियर लिगले बिहीबार सन् २०२०÷२१ को तालिका सार्वजनिक गरेको छ ।

आगामी सेप्टेम्बर १२ बाट सुरु लिग सन् २०२१ को मे २३ मा सकिने छ । लिगको पहिलो दिन पहिलो ६ खेल हुने छ । जसमा च्याम्पियन लिभरपुले नवप्रवेशी लिड्स युनाइटेडको समाना गर्ने छ भने आर्सनलले अर्को नवप्रवेशी क्लब फुलह्यामसँग खेल्ने छ ।

यसैगरी पहिलो दिन नै टोटनह्याम र एभर्टन, क्रिस्टल प्यालेस र साउथह्याम्पटन, लेस्टर सिटी र वेस्ट ब्रुम तथा वेस्टह्याम र न्युक्यासल भिड्ने छन् ।

यस्तै, पहिलो चरणमै चेल्सीले ब्राइटन, सेफिल्डले वुल्भ्ससँग खेल्ने छ । दुवै खेल सेप्टेम्बर १४ मा हुने छ । यस्तै, म्यानचेस्टर सिटीले एस्टन भिल्ला तथा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछन् । यी दुई खेलको मिति भने तय भइसकेको छैन ।

लिग कमिटिले बिहीबार सिजन २०२०÷२१ को तालिका सर्वाजनिक गरे पनि खेलको समयलाई भने पूर्णता निर्धारण गरिसकेको छैन ।