स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगलका युवा स्ट्राइकर फ्रान्सिस्को ट्रिन्काओलाई अनुबन्ध गरेको छ। बुधबार बार्सिलोनाले फ्रान्सिस्कोसँग औपचारिक सम्झौता गरेको हो ।
२० वर्षीय फ्रान्सिस्कोलाई बार्सिलोनाले गत जनवरीमा ३१ मिलियन युरोमा पोर्चुगिज क्लब स्पोर्टिङ ब्रागाबाट अनुबन्ध गरेको थियो। सोही बेला उनलाई जुलाई १ बाट बार्सिलोनाका खेलाडी हुने गरी सम्झौता गरेको थियो ।
उनीसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको छ । फ्रान्सिस्कोले २०१८ मा ब्रागाको सिनियर टिममा डेब्यु गरेका थिए । फ्रान्सिस्कोले ब्रागाका लागि ३३ खेलमा ८ गोल गरेका थिए ।
पोर्चुगलको उमेर समूहको टिमबाट खेलिसकेका फ्रान्सिस्को पहिलो पटक सिनियर टिममा समेत परेका छन् । प्रशिक्षक फर्नान्डो सान्तोषले उनलाई युइएफए नेसन्स लिगकअन्तर्गत क्रोएसिया र स्वीडेनविरुद्धको खेलका लागि घोषित २४ सदस्यी टिममा समावेश गरेका छन् ।
ग्रुप एमा रहेको पोर्चुगलले समूह चरणमा क्रोएसिया फ्रान्स र स्वीडेनसँग खेल्नेछ । पोर्चुगलले पहिलो खेल घरेलु मैदानमा क्रोएसियासँग सेप्टेम्बर ५ मा खेल्नेछ । त्यसपछि सेप्टेम्बर ८ मा स्वीडेनसँग खेल्न स्वीडेन जानेछ ।