प्रयत्न नेपालले दियो महिलालाई आत्मरक्षा तालिम

प्रयत्न नेपालले महिलालाई आत्मरक्षा तालिम दिएको छ। फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालले पूर्ण/आंशिक दृष्टिविहीन भएका महिलालाई आत्मरक्षा तालिम दिइएको हो। तालममा ११ जना सहभागी थिए।

सहभागीलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए । मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।

दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए । ५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।

सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् । हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए ।

कोरोना भाइरस ९कोभिड– १९० को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।