जारी सिजन उत्कृष्ट लयमा रहेको नापोलीले इटालियन सिरि एमा फराकिलो अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा एएस रोमामाथि २–१को जित निकाल्दै शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ।
जिओभानी सिमओनीले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नापोलीले तीन अंक जोडेको हो ।त्यसअघि खेलको १७ औं मिनेटमा भिक्टरले ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।
रोमाका स्टेफान अल सारावेले ७५औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । तर खेल सकिन चार मिनेट बाँही हुँदा जिओभानीले गोल गरेपछि नापोलीले जित निकालेको हो।
यस्तै आइतबार राति नै भएका अन्य खेलमा युभेन्ट्स र एसी मिलान पारजित भएका छन्। १५अंकको कारबाहीमा परेपछि लिगको मध्यभागमा रहेको युभेन्ट्स रोलिगेसन जोनमा रहेको मोन्जासँग २–०ले पराजित हुँदा एसी मिलान ससुओलोसँग ५–२ले पराजित भयो।
जितपछि नापोलीको २० खेलबाट ५३ अंक छ। समान खेलबाट ४० अंकसहित इन्टर दोस्रो स्थानमा छ। ३८ अंकसहित एसी मिलान पाचौं स्थानमा रहँदा छैटौं स्थानमा रहेको रोमाको ३७ अंक छ । युभेन्ट्स भने २३ अंकसहित १३औं स्थानमा छ।