फ्रेन्च ओपनमा सेरेनाको संघर्षपूर्ण जित

सातौँ वरीयताकी सेरेना विलियम्सले संघर्षपूर्ण जित निकाल्दै बुधबार फ्रेन्च ओपनको तेस्रो चरणको यात्रा तय गरेका छिन् । उनले तीन सेटको संघर्षपूर्ण खेलमा रोमानियाकी मिहेला बुजरेनेस्कुलाई ६–३, ५–७ र ६–१ ले पराजित गरिन् ।

अब ३९ वर्षीया अमेरिकी खेलाडीले अर्को चरण प्रवेश गर्न आफ्नै देशकी ड्यानिली कोलिन्सको सामना गर्नेछिन् । बुधबार तेस्रो चरण पुग्न असफल अन्य शीर्ष वरीयताका महिला खेलाडीमा आरयन सबालेन्का, भिक्टोरिया अजरेन्का र मार्केटा भोन्ड्रसोभा पनि रहे ।

तर दसौं वरीयताकी बेलिन्डा बेनिसिच पनि भाग्यमानी रहिनन् र उनी रुसकी डारिया कासाट्किनाको हातबाट सजिलै ६–२ र ६–२ ले पराजित भइन् ।

Facebook Comments Box