फ्रेन्च ओपनमा सेरेनाको संघर्षपूर्ण जित

फ्रेन्च ओपन टेनिसमा छैटौं वरीयताकी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले संघर्ष पूर्ण जित निकालेकी छिन् । आफ्नै देशकी क्रिस्टी आहनलाई ७–६, ६–० र ६–० ले पराजित गरी सेरेना फ्रेन्च ओपनको दोस्रो चरण प्रवेश गरिन् ।

यूएस ओपनमा पनि सेरेनाले पहिलो चरणमै आहनलाई हराएकी थिइन् । यसपल्ल्ट भने सेरेनाले पहिलो सेट जित्न संघर्ष गर्नुपरेको थियो ।

पहिलो सेटमा उनी दुईपल्ट पछाडि परेर टाइब्रेकमा जित्न सफल रहेकी हुन् । सेरेनाले अहिलेसम्म जितेका २३ ग्रान्ड स्लाममध्ये तीन उपाधि फ्रेन्च ओपन छ । टाइब्रेक जितपछि भने सेरेनाले दोस्रो सेटमा लगातार गेम जितिन् ।

अब सेरेनाले दोस्रो चरणमा स्भेत्लाना पिरोन्कोभाको सामना गर्नेछिन् । पिरोन्कोभाले यसअघि आन्द्रे पेटोभिचलाई ६–३, ६–३ ले हराएकी थिइन् ।

पुरुषतर्फ यूएस ओपन विजेता डोमिनिक थिएमले दोस्रो चरणको यात्रा तय गर्न क्रोएसियाका पूर्व विश्व नम्बर तीन मारिन सिलिचलाई ६–४, ६–३, ६–३ ले हराए । अस्ट्रियाका २७ वर्षीय खेलाडीविरुद्ध अनुभवी सिलिचले लगातार एकपछि अर्को भूल गरे र खेल गुमाए ।

थिएम फ्रेन्च ओपनका दुईपल्टका उपविजेता हुन् र यसपल्ट पनि फाइनल प्रवेशका लागि बलियो प्रत्याशी छन् । उनी पछिल्ला संस्करणका दुवै फाइनलमा पराजित रहेका थिए । यूएस ओपनको उनको पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP