रायबाकिनासँग पराजित हुँदै सेरेना फ्रेन्च ओपनबाट बाहिरिइन्

सेरेना विलियम्स आइतबार फ्रेन्च ओपनबाट बाहिरिएकी छिन् । सेरेना २१ वर्षीया एलेना रायबाकिनासँग चौथो चरणमा ६–३ र ७–५ ले पराजित भइन् ।

यससँगै २३ पल्टका ग्रान्ड स्लाम विजेता खेलाडीको चुनौती समाप्त भएको छ र मार्गरेट कोर्टको २४ ग्रान्ड स्लाम उपाधि जित्ने अभियानमा फेरि धक्का पुगेको छ।

अनास्टिसा पाभचेन्कोभा भने एक दशकयता पहिलोपटक क्वाटरफाइनल पुगिन् र यसका लागि उनले १५ औं वरीयताका भिक्टोरिया अजरेन्कालाई ५–७, ६–३ र ६–२ ले हराइन् ।

पुरुषतर्फ एलेक्जान्डर जाभरेभले केयी निकशिकोरीलाई सिधा सेटमा ६–४, ६–१ र ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान बनाए।

Facebook Comments Box