सर्गी बार्जुअन स्पेनिस क्लब बार्सिलानाको अन्तरिम प्रशिक्षक बनेका छन्। मुख्य प्रशिक्षक रोनाल्डो कोम्यानलाई बर्खास्त गरेको २४ घण्टा नबित्दै बार्सिलानाले बार्जुअनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको हो।
बार्जुअन बार्सिलोनाकै बी टिमका प्रशिक्षकका रुपमा कार्यरत थिए । उनलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त नहुँदासम्मका लागि अन्तरिम प्रशिक्षक बनाइएको हो।
ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग पराजित भएलगत्तै बार्सिलोनाले डच प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको थियो। मेसीले बार्सिालोना छाडेपछि खराब प्रदर्शनबाट गुज्रिरहेको छ। ला लिगामा १० खेलमा १५ अंक जोड्दै नवौं स्थानमा छ।
कोम्यानको बर्खास्तीसँगै बार्सिलोनाको मुख्य प्रशिक्षकका रुपमा पूर्वखेलाडी जाभीको नाम चर्चामा छ । चर्चित खेल पत्रकार फाब्रिसियो रोमानोले जाभीले बार्सिलोनाको प्लान स्वीकारिसकेको बताएका छन्।