कोरोना रोकिएपछि मात्र सिरि ए

कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित देश इटालीको शीर्ष डिभिजन लिग सिरि ए कोरोना भाइरस रोकिएपछि मात्र सुरु हुने भएको छ । सिरि ए र इटालियन प्लेयर एसोसिएसनबीच भएको छलफलपछि सिरि ए कोरोना रोकिएपछि मात्र सुरु गर्ने निर्णय गरिएको हो ।

अहिले सिरि ए अनिश्चितकालका लागि स्थागित भएको छ । यसअघि मेमा लिग सुरु गर्ने तयारी सिरि एको थियो । कोरोनाका कारण इटालीमा १४ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसैबीच इंग्लिस प्रिमियर लिग पनि मेमा सुरु नहुने भएको छ । क्लब र स्टकहोडल्डरबीच शुक्रबार भएको बैठकले लिग मेमा गर्न नसकिने जनाएको छ । प्रिमियर लिगले पहिलो प्राथमिकता राष्ट्र र समुदायका साथै खेलाडी कोच म्यानेजर सपोर्टरको स्वास्थ्य र सुरक्षा रहेको जनाएको छ ।

प्रिमियर लिगको २०१९(२० सिजन मेमा सुरु नगर्ने र सुरक्षित समय आएपछि मात्र खेल हुने जनाएको छ । प्रिमियर लिगले देशभरको व्यवसायिक क्लबहरुसँग छलफल गरिरहेको र सरकार पब्लिक एजेन्सीहरुसँग छलफल गरिरहेको जनाएको छ ।

यस्तै, प्रिमियर लिगले सबै क्लबहरुलाई खेलाडीको ३० प्रतिशत तलब कटौती गर्न भनेको छ । र, क्लबहरुले पनि उक्त प्रस्ताव स्वीकार गरेका छन् । प्रिमियर लिगले इंग्लिस फुटबल लिग इएफएल र नेशनल लिगलाई एक सय २५ मिलियन पाउण्ड दिनेसमेत जनाएको छ । साथै, २० मिलियन पाउण्ड नेशनल हेल्थ सर्भिस र विपन्न समूहलाई दिने भएको छ ।