°
, June 1, 2023 in

सिरि एमा मिलानका दुवै क्लबले खेले बराबरी

SHARE:

इटालियन सिरि एअन्तर्गत शुक्रबार राति भएका खेलमा मिलानका दुवै क्लब एसी र इन्टर मिलान दुवै बराबरीमा रोकिएका छन् । एसी मिलानमा उडिनेससँग १–१ को बराबरीमा रोकिँदा इन्टरलाई जिनोआले गोलरहित बराबरीमा रोक्यो।

घरेलु मैदानमा सान सिरोमा सुरुआतमै लिएको अग्रता जोगाउन नसक्दा एसी मिलान अंक बाँड्न बाध्य भयो । २९औं मिनेटमा राफायल लियोको गोलमा मिलानले अग्रता लियो । तर, ६६औं मिनेटमा डेस्टिननी उडोगियोले गोल खेललाई १–१ गोलाको बराबरीमा ल्यायो ।

यसैगरी इन्टर जिनोओसँग गोलरहित बराबरी खेल्न बाध्य भयो । जिनोआको मैदानमा भएको खेलमा पूर्ण रुपमा दबाब बनाए पनि इन्टर गोल गर्न असफल भयो ।

बराबरीसँगै इन्टरले एसी मिलानलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने अवसर गुमायो । उसको २७ खेलमा ५५ अंक छ । जिनोआ १७ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

यता, एसी मिलानले पनि शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने अवसर गुमायो । उडिनेसविरुद्ध जित निकालेको भए उसले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने थियो। मिलान २७ खेलमा ५७ अंकका शीर्ष स्थानमा छ भने उडिनेस २६ अंकसहित १४औं स्थानमा छ।

SHARE: