°
, June 7, 2023 in
0

इन्टर मिलनको पुनरागमन जित, एट्लान्टा र लाजियोको सहज जित

SHARE:

इटालिय सिरि ए अन्तर्गत शनिबार राति भएको खेलमा इन्टर मिलानले पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा २ पटक पछि परेको अवस्था उल्टाउँदै इन्टरले फियोरेन्टिनालाई ४–३ले पराजित गरेको हो ।

इन्टरको जितमा लाउटारो मार्टिनेज, रोमेलु लुकाकु र ड्यानिलो डी आम्ब्रोसियोले गोल गरे भने फेडेरिको सेकेरिनीले आत्मघाती गोल गरेका थिए । फियोरेन्टिनाका क्रिस्टियन कौम, गेटानो क्यास्ट्रोविली र फेडेरिको चेइसले गोल गरेका थिए ।

कौमले तेस्रो मिनेटमै गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । इन्जुरी सयममा लाउटारो मार्टिनेजले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१को बराबरीमै सकियो ।

५२आ मिनेटमा सेकेरिनीले आफ्नै पोस्टमा गोल गरेपछि खेलमा इन्टर पहिलो पटक अग्रता लियो । ५७आंैं मिनेटमा क्यास्ट्रोविलीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६३औं मिनेटमा चेइसले गोल गर्दै फियोरेन्टिनालाई पुनः अग्रता दिलाए ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ २ मिनेटर अन्तरमा २ गोल गर्दै इन्टरले उत्कृष्ट पुनरागमन जित निकल्यो । उसका लुकाकुले ८७ र आम्ब्रोसियोले ८९ मिनेटमा गोल गरेका थिए ।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा लाजियो र एट्लान्टा पनि विजयी भएका छन् । म्यानुअल लजारी र किरो इम्बोइलले गोल गरेपछि लाजियोले काग्लिअरीलाई २–०ले हरायो ।

यता, एट्लान्टाले भने टुरिनोमाथि ४–२को जित निकाल्यो । एट्लान्टाका अलेक्जान्द्रो डारियो गोमेज, फेर्नान्डो फ्रुटो, हान्स हाटेबोइर र मार्टेन डे रुनले गोल गरेका थिए भने काग्लिअरीका आन्द्रे बोलोट्टीले २ गोल गरे । यस्तै, साम्पडोरिया बेनेभेन्टोसँग ३–२ले पराजित भयो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *