नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गरेको नेपाल टि–२० लिग आजबाट सकिएको छ। बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार च्याम्पियन बन्यो।
नेपाल टि–२० लिगको उत्कृष्ट ब्याट्सम्यान र बलर भने फाइनल पुगेका टिमका खेलाडी बने । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान तालिकाको पुछारमा रहेको फार वेस्ट युनाइटेडका हस्मतुल्लाह साहिदी बने ।
प्रतियोगिताका १० खेल खेलेका उनले सर्वाधिक ४ सय रन बनाए। यसक्रममा उनले ४ अर्धशतक बनाए । ११२.६७को स्ट्राइकरेटमा ब्याटिङ गरेका उनले कुन ३३ चौका र १२ छक्का प्हार गरे। उनलेका एभरेज ४४.४४ थियो।
यस्तै, उत्कृगट बलर भने काठमाडौं नाइट्सका अविनाश बोहरा बने। प्रतियोगिताको प्लेअफसम्म पुग्दा उनले ११ खेल खेल्दै सर्वाधिक १९ विकेट लिए। उनको इकोनोमी रेट ८.३७ छ । १३ रन खर्चेर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो।
उत्कृष्ट खेलाडी बनेवापत उनीहरुले जनही साढे २ लाख रुपैयाँ प्राप्त गरे।