विश्वकप २०१९ को एकै इनिङमा दुई खेलाडी हाइस्कोरर हुने रेकर्ड बन्ने तयारीमा थियो । तर, आरोन फिन्च सम्हालिन नसक्दा १३ रनले सो रेकर्ड बन्न सकेन ।
४७६ रन बनाएका बंगलादेशका अलराउन्डर सकिब अल हसनलाई पछि पार्दै डेभिड वार्नर सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । इंग्ल्यान्डविरुद्धको जारी खेलमा ६१ बलमा ५३ रन बनाएका वार्नर कुल ५०० रन बनाउँदै विश्वकपको हाइस्कोरर बनेका छन् ।
यस्तै, वार्नरसँगै ओपनिङमा आएका अर्का ब्याट्सम्यान आरोन फिन्च वार्नरलाई नै पछि पार्दै आफु हाइस्कोरर बन्ने तरखरमा थिए । शतकिय इनिङ खेल्दै ११६ बलमा १०० रन बनाएर आउट भएपछि फिन्च सो उपलब्धि आत्मसात गर्ने अवसरबाट चुकेका छन् । उनले सम्हालिएर ब्याटिङ गर्दै थप १३ रन जोडेका भए जारी विश्वकपको हाइस्कोरर बन्ने थिए ।
यद्यपि, उनले यसअघि हाइस्कोरर रहेका सकिबलाई भने पछि पारेका छन् । कुल ४८८ रन बनाउँदै सकिबलाई तेस्रो स्थानमा झारेर आफु दोस्रो स्थानमा उक्लिएका फिन्चले इंग्ल्यान्डविरुद्धको महत्वपूर्ण भिडन्तमा अष्ट्रेलियाको इनिङलाई उच्चस्कोर तर्फ डोहो¥याउन उल्लेखनिय योगदान गरे ।
यो समाचार तयार पार्दासम्म अष्ट्रेलियाले ४३ ओभरमा ५ विकेट गुमाउँदै २३३ रन बनाएको छ । क्रिजमा एलेक्स केरी र स्टिभ स्मिथ क्रमशः ३ बलमा १ रन र २६ बलमा २८ रन बनाएर खेलिरहेका छन् ।