महेन्द्रसिंह धोनीको कप्तानीमा रहेका डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स जारी इन्डियनि प्रिमियर लिग (आईपिएल)को शीर्ष स्थानका उक्लिएको छ । मंगबालर राति भएको खेलमा सनराइज हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
११ खेल खेलेको चेन्नईले ८ जित र ३ हारका साथ १६ अंक जोडेको छ र चेन्नई प्लेअफ नजिक पुगेको छ । ११ खेलबाटै १४ अंक जोडेको दिल्ली क्यापिटल्स दास्रो स्थानमा छ भने १० खेलमा १२ अंकका साथ मुम्बई इन्डियन्स तेस्रो स्थानमा छ । १० खेलमा समान १० अंक जोडेका सनराइज र किंग्स इलाभेन पञ्जाब क्रमशः चौथो र पाचौं स्थानमा छन् ।
चेन्नई ६ विकेटले विजयी
१२औं संस्करणको आईपिएलअन्तर्गत मंगलबार राति भएको खेलमा चेन्नई ६ विकेटले विजयी भयो । टस हाररे पहिला ब्याटिङ गर्दै हैदराबादलै दिएको १७६ रनको लक्ष्य चेन्नई १ बल बाँकी छँदा ४ विकेट गुमाउँदै भेट्टायो ।
चेन्नईलाई जित दिलाउने क्रममा ओपनर शेन वाट्सनले ९६ रनको उत्कृष्ट पारी खेले । उनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । वाट्सनले सुरेश रैनाले ७७ र अम्बाति रायाडुसँग ८० रनको साझोदारी गर्दै टिमलाई जित दिलाए ।
वाट्सनका अवाला रैनाले ३८, रायाडुले २१ र केदार जाधवले ११ रन बनाए । हैदराबादका रसिद खान, सन्दीप शर्मा र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको हैदराबादले मनिष पाण्डे र डेभिड वार्नरको अर्धशतकीय योगदानको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७५ रन बनायो ।
विस्फोटक ब्याट्सम्यान जोनी बेइस्र्टो शुन्य रनमै आउट भएपछि क्रिजमा आएका मनिष पाण्डेले सर्वाधिक ८३ रन बनाए । उनले ४९ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै डेभिड वार्नरले ४५ बलमा ५७ रन बनाए ।
पाण्डे र वार्नरले तेस्रो विकेटका लागि ११५ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पु¥याएका थिए । यस्तै पाण्डेले विजय शंकरसँग ४७ रनको साझेदारी गरे । शंकरले २६ रन बनाए । चेन्नईका हरभजन सिंहले २ विकेट लिए भने दीपक चहरले १ विकेट लिए ।