सविन मेमोरियललाई हराउँदै संखमुल क्वालिफायरमा

काठमाडौंको संखमुल फुटसल क्लब ए डिभिजन राष्ट्रिय फुटसल लिगको क्वालिफयरमा प्रवेश गरेको छ। बुधबार पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको एलिमिनेटरमा सविन मेमोरियल एफसीमाथि ३–२को जित निकाल्दै संखमुलले क्वालिफायरमा स्थान बनाएको हो।

अब संखमुलले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित द राइजिङ क्लब धरानसँग खेल्नेछ। संखमुल र द राइजिङ क्लबबीचको खेल बिहीबार हुनेछ।

संखमुलको जितमा क्रिजल खड्काले दुई गोल गर्दा जेनिस प्रजापतिले एक गोल गरे। सविनका मेमोरियलका सरोज गुरुङ र मनोज गुरुङले समान एक गोल गरे।

Facebook Comments Box