सन टेट बने अफगानिस्तानको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका पूर्वफास्ट बलर सन टाइट अफगानिस्तानको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले टेटलाई बलिङ प्रशिक्षकका रुपमा नियुक्त गरेको हो।

‘आफ्नो उत्कृष्ट फर्ममा रहेका बेला १६० किमि प्रतिघण्टाको स्पीडमा बलिंग गर्ने टेट इतिहासकै सबैभन्दा फास्ट ९तीव्रगतिका० बलर थिए,’ एसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

३८ वर्षीय सन टेटले आसन्न श्रीलंका भ्रमणबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । सेप्टेम्बर १ देखि ५ सम्म हुने भ्रमणका क्रममा अफगानिस्तन ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ।

आसन्न टि–२० विश्वकपलाई मध्यनजगर गर्दै अफगानिस्तानले टेटलाई बलिङ प्रशिक्षकमा नियुक्त गरेको हो। युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा अफगनिस्तान भारत, न्युजिल्यान्ड र पाकिस्तानसँगै ग्रुप २मा छ।

अस्ट्रेलियन क्रिकेटबाट लेभल–२ कोचिङ कोर्स गरेका टेटले घरेलु फ्रेन्चाइज प्रतियोगिता तथा अन्य फ्रेन्चाइज प्रतियोगितामा बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन्।

टेटले अस्ट्रेलियाका लािग ३५ एकदिवसीय, २१ टि–२० र ३ टेस्ट म्याच खेलेको छ। जसमा उनले एकदिवसीयमा ६२, टि–२०मा २८ र टेस्टमा ५ विकेट लिएका छन् । सन् २००७को विको एकदिवसीय विश्वमा टेटले उत्कृष्ट पदर्शन गरेका थियो । उनले प्रतियोगिताम कुल २३ विकेट लिएका थिए । यस्तै, २०१०को टि–२० विश्वकपमा उपविजेताका अस्ट्रेलियन टिममा पनि टेट थिए।