सातदोबाटोस्थित एन्फा कप्लेक्स मैदानमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा झापाको शिवसताक्षी नगरापालिका र बर्दियाको बाँसगढी नगरपालिकाले विजयी सुरुआत गरेका छन्। शुक्रबार भएको खेल शिवसताक्षी नगरपालिकाले कैलालीको जानकी गाउँपालिकालाई ४–०ले हराउँदा बाँसगढीले भक्तपुर नगरपालिकालाई १२–०को फराकिलो अन्तरले हरायो।
शिवसताक्षीको जितमा विष्णु साम्बाहाम्फेले दुई गोल गरिन् भने स्तै विष्णुमाया सावा र शर्मिला राईले एक गोल गरे। बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ७ गोल गरिन् ।
मनिका घर्ति मगरले २ तथा रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुलसी योगीले एक एक गोल गरिन् ।
यसैगरी शुक्रबार नै भएको खेलमा बर्दियाको बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–०ले हरायो। उसका लागि बाँसगढीको एकतर्फी जितमा अमिशा कार्की एक्लैले ७ गोल गरिन्। यता, मनिका घर्ती मगरले २ तथा रेनुका हमाल, दुर्गा कुमारी चौधरी र तुलसी योगीले एक–एक गोल गरे।
छनोट प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरेकोछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन्।
प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउनेछ। यस्तै, सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०र२० हजार पाउने छन् ।