सोएब मल्लिक र कार्लाेस ब्रेथवेटले एभरेस्ट प्रियिमर लिग खेल्ने

पाकिस्तानका भेट्रान ब्याट्सम्यान सोएब मल्लिक र वेस्टइन्डिका विस्फोटक अलाउन्डर कार्लोस ब्रेथवेटले नेपालमा क्रिकेट खेल्ने भएका छन्। ३९ वर्षीय मल्लिक र ३३ वर्षीय ब्रेथवेटले आसन्न चौथो संस्करणको एभरेस्ट प्रिमियर (इपिएल) लिग खेल्ने आयोजक कम्पनी इपिएलले जनाएको छ।

अन्तराष्ट्रिय क्रिकेटमा सक्रिय दुवै खेलाडीले एभरेस्ट प्रिमियर लिग खेल्न राजी भएको इपिएलले बताए पनि कुन क्लबबाट खेल्ने भन्ने उसले खुलाएको छैन।

३९ वर्षीय मल्लिकले पाकिस्तानी टिमको कप्तानी समेत गरिरसकेका छन्। उनले पाकिस्तानका लागि ३५ टेस्ट, २८७ एकदिवसीय र ११६ टि–२० खेल खेलेका छन्। ती खेलमा उनले टेस्टमा ३ शतक र ८ अर्धशतकसहित १८९८ रन बनाएका छन् भने एकदिवसीयमा उनले ९ शतक र ४४ अर्धशतक मद्दतमा ७५३४ रन बनाएका छन्। यस्तै, उनले टि२०मा ८ अर्धशतकसहित २३३५ रन बनाएका छन्।

यसैगरी विस्फोटक अलराउन्डरको छवि बनाएका ब्रेथवेटले वेस्टइन्डिजका लागि ३ टेस्ट, ४४ एकदिवसीय र ४१ टि–२० म्याच खेलेका छन्। उनकै विस्फोटक ब्याटिङ मद्दतमा वेस्टइन्डिजले सन् २०१६को विश्वकप उपाधि जितेको थियो । उनले अन्तिम ओभरमा इंग्ल्यान्डविरुद्ध लागतार ४ छक्का प्रहार गर्दै टिमलाई च्याम्पियन बनाएका थिए।

पाकिस्तानकै पूर्वकप्तान शाहिद अफ्रिदीले काठमाडौं किङ्स–११ बाट ईपीएल खेल्ने पक्का भइसकेको छ भने पाकिस्तानर्क डानिस अजिजले चितवन टाइगर्सबाट इपिएल खेल्ने छन्।