ए डिभिजन क्लब चर्च बोइज युनाइटेड क्लबले पहिलो सहभागितामै १३औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिबार राति भएको फाइनलमा खेलमा हिमालयन शेर्पा क्लबलाई २–०ले हराउादै चर्च बोइजले उपाधि जितेको हो ।
उपाधिसँगै चर्च ब्वाइजले १० लाख नगद रुपैयाँ प्राप्त गर्दा हिमालयन शेर्पाले ५ लाख रुपैयाँमा चित बुझायो ।
चर्च बोजलाई उपाधि दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाईंले गोल गरे।
खेलको सुरुआतमै १० खेलाडीमा समेटिएपछि हिमाालयन शेर्पा दबाबमा परेको थियो । खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए।
खेलको ३५औं मिनेटमा मिलन राईले फ्रि किक गोल गर्दै चर्च बोइजलाई १–०को अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी समयमा आशिष चापागाईंले गोल गर्दै अग्रता दोब्बर बनाउँदै जीत दिलाए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च बोइजजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए। उनले टिभीएस राइडर मोटरसाइकल प्राप्त गरे।