°
, June 4, 2023 in
0

अजिमालाई स्नुकर उपाधि

SHARE:

अजिमा स्नुकर हाउसका छोपेल शेर्पाले प्रथम चक्र लामा–किसन लामा राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । छोपेलले लास्ट ब्रेकका सुशिल थापालाई ३–० ले सहजै पराजित गरे ।

त्यस्तै एनआरटीका दीपक मगरले कुमारी क्लबका सुमन लामालाई ३–१, कुमारीकै विकास स्वर्णकारले लास्ट ब्रेकका पवन मगरलाई ३–२ र एएक्सएनका विजय महर्जनले बेम्बुका इन्द्र लामालाई ३–१ को फ्रेममा हराए ।

अन्य खेलमा थानकोटका शेरबहादुर लामाले न्यु स्क्वायरका दीपु शाक्यलाई ३–०, चामुण्डाका दिनेश डंगोलले चन्देश्वरी धर्म घिसिङलाई ३–० तथा एसकेका रिकेश मगरले एस स्नुकर क्लब सुदिप नापितलाई ३–२ ले पाखा लगाए ।

बौद्धनाथ विकास समिति र बौद्ध तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित प्रतियोगिता नेपाली स्नुकरमा अहिलेसम्मै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *