आईसीसी टि–२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । लागतार दोस्रो हारसँगै भारतको सेमिफाइनल यात्रा कठीन बनेको छ। बाँकी तीनवटै खेल जितेपनि भारत सेमिफाइलन पुग्न अन्य खेलको नतिजा पनि कुर्नपर्ने हुन्छ।
पहिलो खेलमा पाकिस्तानसँग १० विकटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भयो । न्युजिल्यान्डको यो पहिलो जित हो । न्युजिल्याण्ड पहिलो खेलमाम भने पाकिस्तानसँग पराजित भएको थियो ।
पहिला ब्याटिङ गर्दै भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्यो। उसका लागि डार्यल मिचेलले सर्वाधिक ४९ रन बनाए भने कप्तान केन विलियम्सले ३३ तथा मार्टिन गप्टिलले २० रन बनाए । भारतका जसप्रित बुमराहले चार ओभरमा १९ रन खर्चेर दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले सात विकेट गुमाएर ११० रन बनाएको थियो । भारतका लागि रवीन्द्र जडेजाले अविजित २६ रन बनाउँदा हार्दिक पाण्ड्याले २३ रन जोडे । भारतलाई कम स्कोरमा रोक्न न्युजिल्याण्डका ट्रेन्ट बोल्टले चार ओभरमा २० रन खर्चेर तीन विकेट लिए भने । इश शोधीले दुई विकेट लिए ।