दुबईमा जारी युएईविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अलराउन्ड प्रदर्शन गर्दै १४५ रनको शानदार जित हात पारेको छ ।
उत्कृष्ट ओपनिङ गरेको नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले सचिन तेन्दुलकरको रेकर्ड तोड्दै बनाएको अर्धशतकको मद्दतमा युएईलाई २४३ रनको टार्गेट दिएको थियो । नेपालले ब्याटिङजस्तै धारिलो बलिङ गरेपछि युएई ९७ रनमा अलआउट हुन पुग्यो ।
युएईलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका लागि सोमपाल कामी र लेग स्पिन सेन्सेसन सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरे । सन्दिपले युएईका ४ ब्याट्सम्यान आउट गरे भने सोमपालले एकदिवसीयमा नेपालका लागि पहिलोपटक ५ विकेट लिने कोशेढुंगा पार गरे ।

सोमपालले ६.३ ओभरमा १ मेडनसहित ३३ रन मात्र खेर्चेर ५ विकेट लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई बोल्ड गर्दै उनले नेपाललाई सुखद सुरुवात दिलाएका थिए । त्यस्तै, सोमालले तेस्रो ओभरको पाचौं बलमा गुलाम सब्बीरलाई आरिफ सेखबाट क्याच आउट गराएका थिए ।
यस्तै, पाचौं ओभरको अन्तिम बलमा साइमन अनवरलाई एलबिडब्लू धरापमा पार्दै डकआउट गरेका सोमपालले सातौं ओभरको पहिलो बलमा अस्फाक अहमदलाई कट एण्ड बोल्ड गरेका थिए भने पाचौं विकेटका रुपमा जाहुर खानलाई सन्दीपबाट क्याच आउट गराए । सोमपालले म्यान अफ द म्याच पनि भएका छन् ।

४ विकेट लिएका सन्दीपले सिपि रिज्वान, मुहम्मद उसमान, फवाद नवाज र अमिर हायातलाई आउट गरेका थिए । सन्दीपले एकै ओभरमा तिन विकेट लिएका थिए । सन्दीप नेपालका लागि एकदिवसियमा सर्वाधिक विकेट लिने खेलाडी पनि हुन् । नेपालका लागि ५ एकदिवसिय खेलेका सन्दीपले १४ विकेट लिएका छन ।
सन्दीप लामिछानेका बारे थप सामाग्री पढ्नुहोस् :