नेपाली राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी यति खेल क्यानडामा छन् । ग्लोबल टि–२० लिग क्यानडाको टिम विन्निपेग हक्समा आबद्ध सोमपाल लिगमा डेब्यूको प्रतिक्षामा छन् ।
दोस्रो संस्करणको ग्लोबल लिगका लागि विन्निपेग हक्सले सोमपलालाई अक्सनबाट निकेको थियो । यो सँगै सोमपाल अन्तर्राष्ट्रिय लिग खेल्ने दोस्रो नेपाली खेलाडी पनि बनेका छन् ।
अन्तर्राष्ट्रिय लिग खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने हुन् । उनी अहिले नेपालको ‘ग्लोबल आइकन’का रुपमा परिचित छन् । सन्दीपले पहिलो संस्करणको ग्लोबल टि–२० लिग पनि खेलेका थिए । अहिले पनि टोरन्टो नाइट्समा आबद्ध छन् ।
सोमपालको टिम विन्निपेग हक्सले लिगको चौथो खेलमा आज ब्राम्प्टन वुल्भ्ससँग खेल्दै छ । सोमपालले यही खेलको ग्लोबल टि–२० लिगमा डेब्यू गर्ने सम्भावना छ । सोमपालले ग्लोबल टि–२० लिग खेलेको हेर्न अधिकांश नेपाली लालायित छन् । खेल नेपाली सयमअनुसार राति १०ः१५ बजे सुरु हुने छ ।
टि–२० विश्वकप छनोट खेलर सोमपाल र सन्दीप आइतबार बेलुका मात्र क्यानडा पुगेका थिए । दुवैले २–२ वटा खेल गुमाएका थिए । सोमबार नै भएको तेस्रो खेलमा दुवैलाई आराम दिइएको थियो ।
दोस्रो संस्करणको ग्लोबल टि–२० लिगमा सोमपालको टिम हक्स ४ अंकका साथ तेस्रो स्थानमा छन् । उसले ३ खेमा २ जित निकालेको छ । उ पहिलो खेलमा मेन्टे«ल टाइगर्ससँग २४ रनले पराजित भएको थियो भने भ्यानकुभर नाइट्सलाई ७ विकेट र सन्दीपको टिम टोरन्टो नेसनल्सलाई ३ विकेटले पराजित गरेको थियो । दुवै खेलमा हक्सले २ सय माथिको रन चेज गरेको थियो ।
४ खेलमा ५ अंक जोडेको मोन्ट्रेल टाइगर्स तालिकाको शीर्ष स्थानमा छ भने २ खेलमा ४ अंक जोड्दै ब्राम्प्ट दोस्रो, ३ खेलमा ३ अंक जोडे्को भ्यानकुभर चौथो र ३ खेलमा २ अंक जोडेको टोरन्टो पाचौं स्थानमा रहँदा अंकबिहीन एड्मोन्टर रोयल्स पुछारमा छ ।