टोकियो ओलम्किपमा सोनियाको पहिलो खेल रसियन खेलाडीसँग

नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिकमा पहिलो खेलमा रसियन खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएकी छन् । सोनियाले जुलाई २४ शनिबार पहिलो चरणमा रसियन खेलाडी डोल्गाभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

टोकियो २०२० को उद्घाटन भएको भोलिपल्टदेखि नेपाली खेलाडीको प्रतिस्पर्धा सुरु हुनेछ । बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार महिला ४८ केजी तौल समूहमा सोनियाले इरिनासँग खेल्ने भएकी हुन् ।

नेपालमा २०७६ मा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी सोनिया वाइल्ड मार्फत छनोट हुँदै टोकियो ओलम्पिक खेल्न पुगेकी हुन् ।

यस खेलको विजेताले दोस्रो चरणमा इटलीका मिलानी र चाइनिज ताइपेईकी लिनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सोनिया ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकी तेस्रो महिला खेलाडी र समग्रमा पाँचौ खेलाडी बन्दैछिन् । यसअघि सन् १९८८मा सोल ओलम्पिकमा गंगाबहादुर डंगोल र ऋषिराम प्रधान, २००८ मा देवु थापा र २०१८ मा फुपुल्यामु खत्रीले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box