दक्षिण अफ्रिकाले टि २० क्रिकेट इतिहासमै सर्वाधिक लक्ष्य चेज गरेको छ। वेस्टइन्डिज विरुद्धको सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले २५० रनको लक्ष्य सहज ैपुरा गर्दै नयाँ कीर्तिमान बनायो।
विशाल लक्ष्य पछ्याउने क्रममा क्विन्टन डे ककले शतक बनाए भने रेजा हेन्ड्रिक्सको अर्धशतक बनाए। दक्षिण अफ्रिकाले आइतबार २५९ रनको लक्ष्य १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।
ठूलो लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाका लागि ओपनरद्वय डे कक र रेजाले पहिलो विकेटका लागि १०.५ ओभरमै १५२ रनको साझेदारी गरेका थिए।
डे ककले ४४ बल खेल्दै ९ चौका र ८ छक्का मदतमा १०० रन बनाए भने रेजाले २८ बलमा ११ चौका र २ छक्का प्रहार गरी ६८ रन जोडे ।
कप्तान एइडन मारक्रमले २१ बलमा अविजित ३८ रन जोडे भने राइले रुसोले ४ बलमा १६ रन बनाए। वेस्टइन्डिजका
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोहनसन चार्ल्सको शतकमा ५ विकेट गुमाएर २५८ रन बनाएको थियो । चार्ल्सले ४६ बल खेल्दै १० चौका र ११ छक्का मद्तमा ११८ रन बनाएका थिए ।
ओपनर कायल मेयर्सले २७ बलमा ५१ रन बनाए । यस्तै कप्तान रोभमन पावेलले २८ रन जोडे भने रोमारियो सेफर्डले १८ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा अविजित ४१ रन बनाए ।
दक्षिण अफ्रिकाका मार्को जानसेनले ३ र वायने पार्नेलले २ विकेट लिए ।